१५ औ साधारण सभा निर्बाचन समेत सम्पन्न

newspic/_1368489.jpg

पोखरा, ६ असोज । आस्था बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १, बगरको पन्धौँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभा उद्घाटन् गर्दै प्रमुख अतिथिको रुपमा रहेका आस्था साकोसकै सल्लाहकार डा. गंगादत्त सुवेदीले नेपाली अर्थतन्त्रमा सहकारीको अहम् भूमिका भएको र आस्था साकोसले कास्कीको सहकारी अभियानमा अग्रणी भुमिका निर्वाह गरेको बताउनुभयो । अव हरेक नागरिक उत्पादनसँग जोडिनुपर्ने, देशलाई कृषि प्रधान मात्र होइन कृषक प्रधान समेत बनाउनुपर्ने, सदस्यहरु केवल साधारण सभामा उपस्थित हुने मात्र होइन पूरा समय बसेर आफ्नो सहकारीका सम्पूर्ण गतिविधिका बारेमा जानकारी लिने, खवरदारी गर्ने, सुझाव दिने आदि कुरामा सजग रहनुपर्ने बताउनुभयो । अहिले नेपालको सहकारी अभियानमा कैयाँै चुनौतीहरु आइपरेको अवस्था रहेपनि आस्था सहकारीले सहकारी ऐन, नियम तथा मापदण्ड पालनामा विशेष ध्यान दिएकोमा निकै खुसी लागेको पनि बताउनुभयो । त्यसै गरी, सल्लाहकार लोकनाथ आचार्यले अहिले सहकारीले नाफा कमाउन सक्ने बेला नभएको र सदस्यले पनि नाफा खोज्ने बेला नभएको तर सवै सदस्य, सञ्चालक र कर्मचारीले निकै सजग भै नीति नियमनमा बसी संस्था बचाउनुपर्ने बेला भएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद आचार्यले अध्यक्षको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी नीति तथा कार्यक्रम, कोषाध्यक्ष बद्रीराज गौतमले आर्थिक प्रतिवेदन तथा आगामी बजेट र लेखा सुपरीवेक्षण समितिका संयोजक भीमप्रसाद आचार्यले लेखा सुपरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा संस्थाका सञ्चालक बसन्त कुमार आचार्यले स्थापना गरेको संस्था प्रवद्र्धन तथा विकास पुरस्कार (१) बाट संस्थाका पुर्व सञ्चालक श्री लक्ष्मी गुरुङ सम्मानीत भएकी छन् भने सदस्य श्री शिवप्रसाद पौडेलले पिता स्व. नारायणप्रसाद पौडेलको स्मृतिमा स्थापित संस्था प्रवद्र्धन तथा विकास पुरस्कार (२) बाट लेखा सुपरीवेक्षण समितिका पूर्व सदस्य श्री गिरधारी तिमिल्सिना, सदस्य गुणराज÷पार्वती आचार्यले स्थापना गरेको जेहेन्दार विद्यार्थी पुरस्कारबाट प्रीती आचार्य, सदस्य घनश्याम आचार्यबाट स्थापित स्व.गुरुप्रसाद आचार्य स्मृति पुरस्कारबाट माध्यमिक शिक्षा उत्तिर्ण विद्यार्थी सदिक्षा बास्तोला सम्मानित भएका थिए । त्यसै गरी, जेष्ठ सदस्यको रुपमा श्री मित्र कुमारी गुरुङ, उत्कृष्ठ कर्मचारीको रुपमा रामप्रसाद शर्मा, उत्कृष्ठ कारोवारीको रुपमा आइबहादुर भन्ने सन्तलाल परियार, वर्ष असल सदस्यको रुपमा शिक्षा उपसमितिकी संयोजक हसिना बस्नेत र सदस्य पुर्ण बहादुर गुरुङ, आस्था उद्यमशीलता पुरस्कारबाट सदस्य श्री सन्तोष प्रधान सम्मानित हुनुभएको थीयो । साधारण सभाले आगामी चार वर्से कार्यकालका लागि कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति र भीमप्रसाद आचार्यको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिको निर्विरोध निर्वाचित गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा बसन्तकुमार आचार्य, सचिव ज्ञानेश्वर सुवेदी, कोषाध्यक्ष बद्रीराज गौतम र सञ्चालकहरुमा युवराज आचार्य, नरेन्द्रप्रसाद आचार्य, रमिला पौडेल, पुनम गुरुङ र ममता कोइराला निर्वाचित भएका छन् । त्यसै गरी, लेखा सुपरीवेक्षण समितिको सदस्यमा मौसम तिमिल्सिना र धन बहादुर गुरुङ निर्वाचित भएका छन् । निर्वाचन उपसमितिको संयोजकमा जगन्नाथ अधिकारी र सदस्यहरुमा रुद्रबहादुर कार्की र हरिलाल आचार्य रहनुभएको थियो । संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष बसन्तकुमार आचार्य, धन्यवाद ज्ञापन मन्तव्य प्रमुख कार्यकारी अधिकृत नारायणप्रसाद आचार्य र सञ्चालन सचिव ज्ञानेश्वर सुवेदीले गरेको संस्थाका सूचना अधिकारी सृजना आचार्यले बताउनुभयो ।