आस्था साकोसको संयुक्त (पूर्ण) बैठक भर्चुअल रुपमा सम्पन्न

newspic/aastha meeting.jpg

अास्था बचत तथा ऋण सहकारी संस्था लि. पाेखरा १, बगर, कास्कीकाे सञ्चालक समिति, लेखा समिति तथा सल्लाहकार सहित विभिन्न उपसमितिहरूकाे बैठक भर्चुअल रुपमा सम्पन्न भयो । बैठकमा संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकारहरु, संस्था प्रबर्दन तथा खाेज विशेष समिति, विभिन्न उपसमितिहरु साथै उच्च व्यवस्थापनका कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । बैठकबाट संस्थाले प्रस्ताव गरेका विभिन्न प्रस्तावमाथि दफाबार छलफल भयाे। संस्थाका अध्यक्ष श्री जगन्नाथ अधिकारीज्यूकाे अध्यक्षतामा सम्पन्न उक्त बैठकमा संस्थाका कोषाध्यक्ष श्री इश्वरी प्रसाद सापकोटाज्युले आर्थिक वर्ष 2076।77 को यथार्थ विवरण प्रस्तुत गर्नुभएको थियो यस्तैगरी यस संस्थाका सचिव नारायण प्रसाद आचार्यज्यूले कार्यक्रम सञ्चालन तथा सहजीकरण गर्नु भएको थियो साथै प्राविधिक रुपमा यस संस्थाका शिक्षा उपसमितिका संयाेजक श्री प्रकाश रिजालले सहयोग पुर्याउनु भएको थियो । यस संस्थाका सल्लाहकारहरु लोकनाथ आचार्य, डा ग‌गादत्त सुवेदी, बलराम आचार्य र संस्थापक अध्यक्ष प्रेम अाचार्य तथा विभिन्न व्यक्तित्वहरुले आ-आफ्नो गहकिला सुझावहरु राख्नुभएको थियो । सम्पूर्ण सुझावहरुलाई ग्रहण गरी परिमार्जन गर्दै साधारणसभामा लैजाने गरी प्रस्ताव पारित भयो । त्यस्तैगरी आर्थिक वर्ष 2076-77 को शेयर लाभांश काेषकाे रकमबाट सदस्यहरुलाई नगद लाभांश वितरण गर्ने र संरक्षित पुँजि फिर्ता काेषबाट समेत सदस्यहरूलाइ नगद रकम वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने निर्णय भयाे । संरक्षित पुँजि फिर्ता कोषले सदस्यहरुलाई संस्थामा कारोवार गर्न प्रोत्साहित गर्ने र सकृय सदस्यहरूलाइ प्राेत्साहन मिल्ने कुरा संस्थाका कार्यालय प्रमुख नारायण प्रसाद आचार्यज्युले बताउनुभयो । छलफलबाट पारित विभिन्न प्रस्तावहरु साधारण सभामा पेस गर्ने निर्णय गर्दै अध्यक्षज्यू बाट कार्यक्रम समापन गरियो ।